- अर्थ सरोकार सम्बाददाता
बिरगंज – एनएमबी बैंक प्रदेश नं. २ सरकारलाई चिकित्सकका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा समाग्री (पिपिई) सहयोग गरेको छ । कोरोना भाइरस उपचारका लागि सहयोग पुर्याउने उद्देश्य बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झाले बुधबार विहान एक सय थान पिपिई मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरे ।
सो अवसरमा मुख्यमन्त्री राउतले कोरोना सङ्क्रमणको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिएको स्वास्थ्य सामग्री पिपिईले उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाएर उत्साहित बनाउन सहयोगी भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवल किशोर साह, प्रदेशका मुख्य न्यायधिवक्ता दिपेन्द्र झा र चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साहको उपस्थिति रहेको थियो ।