
काठमाडौं । नर्भिक अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अस्पताल अध्यक्ष वसन्त कुमार चौधरीले सोमबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ६० लाख बराबरको स्वास्थ्य जन्य सामाग्री सहयोग गरेका हुन् ।
स्वास्थ्य सामाग्रीमा एन ९५ मास्क दुई हजार थान, थ्रि प्लाई सर्जिकल मास्क ४८ हजार थान र एक हजार थान क्मपिल्ट मेडिकल सेट रहेको मन्त्रालयले जनाएको छ । वसन्त चौधरी फाउन्डेसनले सरकारको कोरोना कोषमा सहयोग स्वरुप ५० लाख प्रदान गरिसकेको छ । फाउन्डेसनले र अस्पतालले कोरोनाको त्रास बढेसँगै एक करोड सहयोग गर्न घोषण गरेको थियो ।
यस्तै, चौधरीले सरकारको आह्वान बमोजिम अस्पतालमा उपचारत बिरामीहरुलाई २०७६ चैत मसान्तसम्मको बिलमा २५ प्रतिशत छुट दिने पनि निर्णय गरेका बताएका छन् । अस्पतालले कोभिड १९ को उपचारमा फिभर किल्निक र आईसोलेसनमा निशुल्क उपचार हुने व्यवस्थाको गरेको चौधरील बताए । उक्त सामाग्री आवश्यकता अनसार आजै बागलुङ, पोखरा, बुटवल, धनगढी पठाईने र अन्य ठाउँमा पनि चाँडै पठाउने मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्