×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६५ औं वार्षिकोत्सवको अवसरमा व्याज भुक्तानीमा सहुलियत प्रदान गर्ने राष्ट्र बैंककाे घाेषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

६५ औं वार्षिकोत्सवको अवसरमा व्याज भुक्तानीमा सहुलियत प्रदान गर्ने राष्ट्र बैंककाे घाेषणा

Artha Sarokar

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवकाे अवसर पारेर व्याज भुक्तानीमा सहुलियत प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने व्याजमा सहुलियत प्रदान गरिने जानकारी दिएका छन् । 
यसैगरी, लिखित सम्बोधन गर्दै अधिकारीले कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने समेत बताएका छन् । यस्तै, साना तथा मझौला उद्योग, पर्यटन र कोराेनाको प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलन कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनर्कर्जा सहज ढङ्गले प्रवाह गर्न पुनर्कर्जा कार्यविधिमा संशोधन गरिने समेत उनले बताए । 
त्यसैगरी, कोरोनाले असर गरेको क्षेत्रमा लिएको ऋणलाई पुर्नतालिकिकरण गर्ने र लकडाउनको अवधीमा भुत्तानी गर्नुपर्ने कर्जाको भूक्तानी अवधि समेत बढाउने व्यवस्था मिलाइएकाे गभर्नर अधिकारीले जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी