Skip to content
LAXMI SUNRISE BANK

एनआरएनका पूर्व अध्यक्ष लामिछानेद्धारा कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष तथा संरक्षक जीवानाथ लामिछानेले कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले एनआरएनले स्थापना गरेको ‘कोभिड १९ राहत कोष’मा सो मात्राको सहयोग गरेको हो ।
एनआरएनले हालको परिस्थितिमा कोरोनाको उपचारमा केही सहयोग होस् भन्ने हेतुले उक्त कोष स्थापना गरेको थियो । जसमा हाल (वैशाख ७) सम्म २ करोड २४ लाख ५ हजार ६ सय रुपैयाँ जम्मा भइसकेको एनआरएनले जानकारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK