×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : भक्तपुरमा लकडाउनको व्यापक उल्लंघन, सुदूरमा निर्माण व्यवसायी संघको सहयोग

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले कोरोनो नियन्त्रण तथा उपचारका लागि निर्माण व्यवसायी संघले सहयोग गरेकोदेखि लकडाउनको २७औँ दिनमा आइपुग्दा पनि छाडेनन् लकडाउन उल्लङ्घन गर्न मनिसहरुले । लकडाउन उल्लङ्घन गर्नेलाई विभिन्न ठाउँबाट पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा सजाय दिँदैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं । 
हेरौं सातै प्रदेशका फोटो समाचार :
भिड–१९ को जोखिमका कारण परीक्षा स्थगिन भएपछि मर्कामा परेका एसइई तथा कक्षा ११, १२ का विद्यार्थीका लागि प्रविधिमार्फत अनलाईन कक्षा सञ्चालनका माग गर्दै प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियु पश्चिम नवलपरासीका संयोजक सुशान्त शर्मा घिमिरेलगायत ।
स्वास्थ्य निर्देशनालय पोखराले आइतबार बेनीमा आयोजना गरेको कोभिड–१९ रोकथाम र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागि सामाजिक विकासमन्त्री नरदेवी पुन, चिकित्सक, सुरक्षा अधिकारी र जनप्रतिनिधिहरु । 
निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायलगायत पदाधिकारीको टोली आइतबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई रु एक लाख १५ हजारको चेक हस्तान्तरण गर्दै । सङ्घले ८०० थान मास्कसमेत सहयोग गरेका बताइएको छ ।
उपत्यका छाडेर घर फर्कने पैदल यात्रुदेखि भोकै रहेका विपन्न व्यक्तिलाई मध्यपुरथिमिको गठ्ठाघरमा निःशुल्क खाना खान लामबद्ध । जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाका अनुसार बन्दाबन्दीको अवधिभर वैशाख १५ गतेसम्म निःशुल्क खानाको व्यवस्था गरिएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ का विपन्न परिवार तथा मजदूरलाई वितरणका लागि राखिएको राहत सामग्री । नगरपालिकाले १५० परिवारलाई राहत वितरण गरेको छ । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ का विपन्न परिवार नगरपालिकाले वितरण गरेको राहत सामग्री लिई गन्तव्यतर्पm जाँदै । नगर प्रमुख दिलबहादुर ऐरका अनुसार १५० विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो ।  
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल इन्जिनियरिङ एसोसिएशन गण्डकी प्रदेशद्वारा पोखरा महानगरपालिका कार्यालयमा निर्माण गरिएको डिसेनिटाइ प्रवेशद्वार (Disinfection Tunnel) महानगर प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गर्दै । 
खाद्य व्यव्यस्था तथा व्यापार कम्पनी लिमिटेडले बन्दाबन्दीको समयमा चामलमा १० प्रतिशत मूल्य घटाएपछि कम्पनीको दुनै डोल्पास्थित गोदामबाट आइतबार चामल खरीद गरेर लादै गरेकी महिला ।
पाल्पाको रामपुर नगरपालिका– ७ बहखोला बस्ने युवा मेगराज न्यौपाने खुर्सानी खेतीमा विषादी छर्दै । बन्दाबन्दीको समयमा उहाँ घरमै बसेर कृषि व्यवसायमा व्यस्त हुनुहुन्छ । 
भक्तपुर मनहोराका सुकुम्बासी  । मजदुरी गर्दै आएका  जाहिर भाट  र उनका परिवार लकडाउनका कारण  काम ठप्प भएपछि दैनिक गुजरा  चलाउन गाह्रो भएको बताउँछन् । 
झापाको कमल गाँउपालिका– ७ गेउरियाका किसान ओमनाथ तिम्सीनाले लगाउनुभएको सूर्यमुखी फूल । उहाँले आफनो ५ कठ्ठा जमीनमा तेलहन उत्पादनका लागि सूर्यमुखी फूलको व्यावसायिक खेती गर्नुभएको छ ।
लकडाउनको अवधिमा आइतबार  दिउँसो काठमाडौँको  न्यूरोडबाट आफ्नो गन्तव्यतर्फ जाँदै विदेशी पर्यटक ।  कोभिड–१९ को सङ्क्रमण नफैलियोस् भनी सरकारले गरेको लकडाउनका कारण विदेशी पर्यटकलाई  समस्या परेको छ ।
भक्तपुरको थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा  सुरक्षित प्रक्रिया अपनाएर काम गर्दै  स्वास्थ्यकर्मी । 
लकडाउन उल्लङ्घन गर्नेलाई विभिन्न ठाउँबाट आइतबार पक्राउ गरी  महानगरीय प्रहरी वृत्त थिमिमा सजाय दिँदै  ।  घाममा तीन/चार घण्टा उभ्याएर  अब  लकडाउन उल्लङ्घन नगर्ने सर्तमा  छाड्ने गरिन्छ ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको  लकडाउनको २७औँ दिन आइतबार काठमाडौँ र भक्तपुरको सिमाना जडीबुटीमा काठमाडौँबाट भक्तपुरतर्फ गइरहेका सावारी साधनमा कीटनाशक औषधि छर्किदै ।
भरतपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष राजकुमार राजभण्डारी आइतबार भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीलाई  एन ९५ मास्क प्रदान गर्दैै साथमा अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीसहित चिकित्सक ।
टक्सार पिखुवा हाइड्रोपावर आयोजनामा आइतबार काम गर्दै मजदुर ।  लकडाउनको समयमा कोरोना सङ्क्रमण फैलिन नदिन कार्यस्थलबाट कामदारलाई बाहिर आवतजावत निषेध गरिएको आयोजनाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: