×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको सिमकार्डबाट एक महिना नि:शुल्क प्रभु टिभी हेर्न पाइने

LAXMI SUNRISE BANK

एनसेलको सिमकार्डबाट एक महिना नि:शुल्क प्रभु टिभी हेर्न पाइने

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रभु टिभिले एनसेल प्रयोगकर्तालाई एक महिनासम्म मोवाइलमा नि:शुल्क टिभि हेराउने भएको छ । एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभिले एक महिनासम्म नि:शुल्क सेवा दिने भएको हो ।
कोरोना महामारीका कारण सरकारद्धारा जारी लकडाउनको समयअवधिमा घरमा बस्ने सबैका लागि यो सेवा उपलव्ध हुने छ । त्यसका लागि एनसेल सिमकार्ड प्रयोगकर्ताहरुले प्रभु टिभिको वालेटमा गएर प्रभु टिभि डाउनलोर्ड गर्नु पर्ने जनाइएको छ ।
प्रभु टिभी मोवाइल एप डाउनलोर्ड गरेपछि एकमहिनासम्म सबै च्यानलहरु निशुल्क हेर्न सकिने प्रभु टिभिले जनाएको छ । लकडाउनका समयमा घरमा बस्दा दिक्दारी खेप्नुपरेको अबस्थामा यसले धेरै नेपालीहरुलाई मनोरंजन तथा समाचारका लागि सहयोगि भूमिका खेल्ने विश्वास गरिएको छ ।
त्यसका साथै विभिन्न रमाइला कार्यक्रमहरु पनि उपलव्ध गरिएका छन् । उक्त एपबाट नेपाली च्यानलहरु सहित संसारका सबै किसिमका १ सय ५० वटा च्यानलहरु एचडी क्वालीटीमा हेर्न सकिने प्रभु पटभीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी