×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख जम्मा

PRIME CA
GLOBAL IME BANK

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख जम्मा

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकारसम्बाददाता
विराटनगर । प्रदेश नं १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म २८ करोड ७८ लाख ८६ हजार जम्मा भएको छ । कोषमा प्रदेश सरकारले पहिलो चरणमा १० करोड रुपैयाँ र दोस्रो चरणमा १५ करोड रुपैयाँ जम्मा गरेको कोषमा विभिन्न संघसंस्था, वित्तीय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारीलगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।
कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड छ लाख रुपैयाँ खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्यप्रसाद राईले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: