×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूचना विभागले जारी गरेको प्रेस कार्ड हुनेलाई छुट्टै सवारी पास नचाहिने, लकडाउनका बेला समाचार संकलनमा सहज !

PRIME CA
GLOBAL IME BANK

सूचना विभागले जारी गरेको प्रेस कार्ड हुनेलाई छुट्टै सवारी पास नचाहिने, लकडाउनका बेला समाचार संकलनमा सहज !

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गृह मन्त्रालयले लकडाउनका समयमा छुट्टै सवारी अनुमतिपत्र आवश्यक नपर्नेहरुको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो सूची सार्वजनिक गरेको हो । यद्यपी उक्त पास भने स्वयम् आफुसँगै हुनुपर्ने सूचनामा उल्लेख छ । यसअघि पत्रकारलाईसमेत छुट्टै पास चाहिने नियम आउने चर्चा भएका बेला धेरैले यसको विरोध गरेका थिए । नेपाल पत्रकार महासंघ आवद्ध अधिकारीहरुले पनि यसको विरोध गर्दै सरकारी प्रेस पासका आधारमा समाचार संकलनमा कुनै पनि बाधा हुन नहुने भन्दै यसमा सम्बधित सबैको ध्यानाकर्षण गराएका थिए । अन्तत: उक्त माग सम्बोधन भएको छ । 
सूचनाको बुँदा नम्बर ५ मा एम्बुलेन्स, शब्बहान, दमकल, झन्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ- संस्थाहरु, सूचना तथा प्रशारण विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु, स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्सह, फार्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु, औसधि उत्पादन ढुवानी र विक्रीवितरणमा संलग्न हुने जना शक्तिहरु, खानेपानीको मर्मत सम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति, ठुला खाद्य स्टोरमा कार्यरत जनशक्ति र अत्यावश्यक बस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरुलाई छुट्टै पास नचाहिने व्यवस्था गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: