- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोनाविरुद्धको लडाइमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको छ ।
नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले जानकारी दिएको छ । यसबाट कोरोनाविरुद्धको लडाईमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ ।