×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथाम कोषमा राष्ट्रिय वाणिज्य बैंकको साढे एक करोड आर्थिक सहयोग

GLOBAL IME BANK

कोरोना रोकथाम कोषमा राष्ट्रिय वाणिज्य बैंकको साढे एक करोड आर्थिक सहयोग

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो मात्राको आर्थिक सहयोग गरेको हो ।
विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उक्त कोष स्थापना गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरिएको हो । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे छ । बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाताहरु देहाय बमोजिम खोलिएका छन् । यी खाताहरुमा कनेक्ट आईपीएस, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतिय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने छ ।
१. १ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको प्रंदेश १ कोरोना जन सुरक्षा कोषको
खाता नम्बरः २१२०००५८८१०१, शाखा कार्यालय बिराटनगर
२. २ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः १२२०५०३०००००१, शाखा कार्यालय जनकपुर
३. बागमती प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः १३००५०३०००००२, शाखा कार्यालय हेटौंडा
४. गण्डकी प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः ३०२०००१८८३०१ शाखा कार्यालय पृथ्वीचोक
५. ५ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बर ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवल
६. कर्णाली प्रदेश सरकारद्धारा संचालन भएको प्रदेश विपत व्यवस्थापन कोषको
खाता नम्बर ४०८०५०३००००००, शाखा कार्यालय सुर्खेत
७. सुदूर पश्चिम प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः ४१७०५०३०००००३ शाखा कार्यालय धनगढी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: