×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोटरी क्लबको सामाजिक कार्य : स्वास्थ्य मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण

LAXMI SUNRISE BANK

रोटरी क्लबको सामाजिक कार्य : स्वास्थ्य मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रोटरी क्लब थापाथलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको छ । बुधबार क्लबले मन्त्रालयमै पुगेर मन्त्री भानुभक्त ढकाललाई स्वाव कलेक्सन बुथ हस्तान्तरण गरेको हो । पिपिइ लगाएर स्वाव कलेक्सन गरेजस्तै बुधबाट पनि परीक्षणका लागि स्वाव कलेक्सन हुन्छ । मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारले बक्सभित्र पसेर स्वास्थ्यकर्मीहरुले घाँटीको र्यालको नमुना लिने बताउनुभयो । कलेक्सन बुथको माध्यमबाट स्वावको नमुना लिनलाई सहज हुनेछ ।
बुधबार नै वर्ल्ड भिजनले १ हजार थान पिपिइ पनि मन्त्रालयलाई हस्तान्तरण गरेको छ । प्राप्त भएका स्वास्थ्य सामग्रीहरु व्यवस्थापन महाशाखामा भण्डार हुनेछन् । देशका जुनसुकै ठाउँमा पनि आवश्यक परेको खण्डमा स्वाव कलेक्सन बुथ र पिपिइ महाशाखाबाट नै पठाइने उहाँले बताउनुभयो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी