×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कैलालीमा काठ तस्करी, काठमाडौँमा अटेरीलाई सजाय बेस्सरी…’ २२ तस्विरमा हेर्नुहोस् सातै प्रदेशका फोटो समाचार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लकडाउन उल्लङ्घन गर्नेहरुलाई सुरक्षाकर्मीले कान समातेर उठबस गर्न लगाएकोदेखि कैलालीमा काठ तस्करीसम्मका फोटो समाचार समेटेका छौं।    हेरौं सातै प्रदेशका फोटो समाचार :
कोभिड–१९ को सङ्क्रमणको उच्च जोखिम रहेको बागलुङमा आजदेखि शुरु भएको ¥यापिड टेष्ट किटबारे ल्याब टेक्निसियनलाई जानकारी दिँदै स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल । दुई जना महिलालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै बागलुङमा एक हजार जनाको कोरोना परीक्षण गरिँदै छ । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको सिर्जनशील सहकारी संस्थाका अध्यक्ष शिवराज भट्ट बिहीबार नगरप्रमुख दिलबहादुर ऐरलाई विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि चेक हस्तान्तरण  गर्दै । सहकारीले नगरपालिकाको कोषमा रु ३१ हजार प्रदान गरेको छ । 
मध्यपुर थिमि–४, बालकुमारीमा अवस्थित जिर्णोद्वारका क्रममा रहेको ऐतिहासिक बालकुमारी मन्दिर । वैशाख १ र २ गते यस क्षेत्रमा भव्यरुपमा बिस्का जात्रा मनाउने प्रचलन छ । यस वर्ष कोरोना भाइरसका कारण बिस्का जात्रा नहुने भएको छ ।
मध्यपुर थिमि–४, बालकुमारीमा अवस्थित ऐतिहासिक बालकुमारी मन्दिर जिर्णोद्वारका क्रममा बिहीबार सुनको जलपसहितको गजूर प्रतिष्ठापन गर्दै स्थानीय ।
लकडाउनको समयमा घरबाहिर सडकमा  निस्केका  सोह्रखुुट्टेका सर्वसाधारणलाई  घरभित्रै बस्न  सुझाव दिँदै  सुरक्षाकर्मी ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेकोे लकडाउन अवधिमा सुनसान देखिएको  दरबारमार्गको सड्क । 
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको  लकडाउन उल्लङ्घन गर्नेलाई  पक्राउ गरी वीरगञ्जको घण्टाघर चोकमा रहेको खुल्लाचौरमा  उभ्याएर  सचेत गराउँदै  पर्सा प्रहरी प्रमुख गंगा पन्त । 
कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको  लकडाउन पालना नगरी  घरबाहिर  निस्केका वीरगञ्जका सर्वसाधारणको मोटरसाइकल पर्सा प्रहरीले नियन्त्रणमा लिनुको साथै सवारी धनीलाई तीन घण्टा घाममा उभ्याई सचेत  गराएको छ । 
कैलाली अत्तरियास्थित गोदावरी नगरपालिकाले स्थापना गरेको राहत कोषमा नगरपालिका प्रमुख हसिंह साउँदलाई खाद्यान्न सामग्री हस्तान्तरण गर्दै नेपाली काँग्रेसका नगरसभापति हेमप्रकाश उप्रेती । सो राहत कोषमा ४६ क्विन्टल चामल, १५० किलो दाल र दुई क्वीन्टल नून सहयोग प्रदान गरिएको नेपाली काँग्रेस नगरकमिटी अत्तरियाले जनाएको छ । 
लकडाउनका समयमा अनावश्यक रुपमा बौद्धको सडकमा निस्किएका यात्रुलाई नियन्त्रणमा लिएर कोरोना भाइरसबाट कसरी बच्ने र सजग हुने भन्ने विषयमा प्रशिक्षण दिँदै महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी । 
कैलालीको गोदावरी नगरपालिका–१२ हलौडेका एक बासिन्दाका घरमा प्रहरीले बरामद गरेको अवैध चिरान काठका गोलियाह नापजाँच गर्दै वनका कर्मचारी । लकडाउनको मौका छोपी जिल्लामा काठ चोरी तथा तस्करी बढेको  छ । 

काठमाडौँको बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा स्यानिटाइजर बनाउँदै । स्यानिटाइजर  कोभिड–१९ को सङ्क्रमण निर्मलीकरणका लागि प्रयोग गरिन्छ । 
लकडाउनपछि म्याग्दी सदरमुकाम बेनीमा रहेका छाडा पशु चौपायालाई दानापानी खुवाउँदै ।  बेनीका होटल र पसलहरु बन्द भएपछि भोकै हुन थालेका गाई र गोरुलाई लायन्स क्लब अफ बेनी पिस सिटीले दानापानीको व्यवस्था गर्न थालेको हो । 
किसान बहुउद्देश्यीय सहकारी संस्था लम्किद्वारा कैलालीको घोडाघोडी नगरपालिकालाई बिहीबार प्रदान गरिएको खाद्य सामग्री ग्रहण गर्दै नगरप्रमुख ममताप्रसाद चौधरी । 
डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरको सेती सभाहलमा बनाइएको क्वारेन्टाइनमा राखिएकाको परीक्षणका लागि स्वाब लिँदै सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलका डा बबिता गजमेरसहित चिकित्सक टोली ।
काठमाडौँको बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा स्यानिटाइजर बनाउँदै । स्यानिटाइजर  कोभिड–१९ को सङ्क्रमण निर्मलीकरणका लागि प्रयोग गरिन्छ । 
काठमाडौँको बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा स्यानिटाइजर बनाउँदै । स्यानिटाइजर  कोभिड–१९ को सङ्क्रमण निर्मलीकरणका लागि प्रयोग गरिन्छ ।
तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानालाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै म्याग्दे–काठमाडौँ सम्पर्क समाजका अध्यक्ष माधवप्रसाद घिमिरे । सो संस्थाले गाउँपालिकालाई सात थान व्यक्तिगत सुरक्षा कवज (पिपिई), दश लिटर स्यानीटाइजर, पाँच हजार थान मास्क र ३२० थान पञ्जा सहयोग गरेको छ ।
काठमाडौँको पशुुपति क्षेत्रमा रहेका बादरलाई बिहीबार चना दिंँदै सर्वसाधारण ।
लकडाउनको अवधिमा देखिएको सुनसान विश्व सम्पादा सूचीमा सूचिकृत  पशुुपतिनाथ मन्दिर र त्यस वरिपरिका मठमन्दिर ।  
विश्व सम्पादा सूचीमा सूचिकृत  पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेका गाईवस्तुलाई चना दिँदै सर्वसाधारण । 
सबै तस्विर: रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: