Skip to content
LAXMI SUNRISE BANK

हाम्रो टेक्नोलोजीले ल्यायो यस्तो सुविधा, अव सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्फर गर्न सकिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अब सहकारी संस्थाको सदस्यले आफ्नो खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने भएको छ । हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरी सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ ।
‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सकिने हाम्रो टेक्नोलोजीका सञ्चालक संजय महासेठले जानकारी दिए । हाम्रो टेक्नोलोजीमा करिब १० वटा बैंक र ३ सय वटा सहकारी संस्थाहरु आवद्ध छन् । कम्पनीमा आवद्ध सम्पूर्ण सहकारीका सदस्यले यस्तो सुविधा लिन सकिने कम्पनीका सञ्चालक बिष्णु महर्जनले बताए ।
‘एम बैंक एप’ मा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, ब्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभि, रिचार्ज गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै ईसेवा, खल्ती, प्रभु पे, आइएमई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकट, ओयो होटल बुक गर्न, क्यु आर भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल ४ ओटा सहकारीमा सफल परिक्षण गरिरहेको छ । झापाको शिखर साकोस, काठमाडौंको चन्द्रागिरी साकोस, धनगढीको नवजीबन सहकारी र काठमाडौंको नेजु गुरु सहकारीमा सफल परिक्षण भईरहेको कम्पनीले जनाएको छ । यी चार सहकारीले छिट्टै आफ्नो सदस्यहरु बीच यो सुविधा प्रदान गर्दैछ । हाम्रो टेक्नोलोजीले बैंक तथा वित्तीय संस्था र सहकारीहरुमा डिजिटल बैंकिङको सेवा प्रदान गरिरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK