×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

…ले खतिवडासँग हात मिलाए, खतिवडाले पौड्याललाई भेटे, पौड्यालले गभर्नरलाई मास्क नलगाई भेटे ! अव के हुन्छ ?

PRIME CA

…ले खतिवडासँग हात मिलाए, खतिवडाले पौड्याललाई भेटे, पौड्यालले गभर्नरलाई मास्क नलगाई भेटे ! अव के हुन्छ ?

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कोरोना भाइरस काठमाडौँ छिरेको संकेत देखिएको छ । काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका उनीहरूमा र्‍यापिड टेस्ट गर्दा शंका लागेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो । तीनजनामध्ये आमा, छोरा र बुहारी छन्।
अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले पुष्टी गरे । ‘आधा घण्टाजस्तो भयो उहाँहरूलाई भर्ना गरिएको। उहाँहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने ।यसैबीच एकै परिवारका ३ जनालाई कोरोना भेटिएको आशंकापछि सनसिटी अपार्टमेन्ट सिलबन्दी गरिएको छ भने, उच्च सताकर्ता अपनाउन प्रहरी तैनाथ गरिएको छ।
अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावका लागि बेलायतबाट आएकामध्ये दुई जनाको रयापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको शंका गरिएको हो ।
सोसाइटिको सचिवमा अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलिक खतिवडा निर्वाचित भएको सोसाइटिका पूर्व अध्यक्ष प्रविन झाले जानकारी दिएका छन् । उनी सनराइज बैंकका बैंकर हुन् । चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा. खतिवडासमेत पुगेकाले उनको पनि तत्काल परीक्षण गर्न झाले सुझाब दिएका छन् ।
‘कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएकाले बैंकर खतिवडासँग हात मिलाएका थिए, अर्थमन्त्रीलाई भेटेका थिए।’ खतिवडाका एक साथीले अर्थ सरोकारसँग भने । त्यसपछि खतिवडाले सनराइज बैंकका सीइओलाई पनि भेटेका थिए । सनराइजका सीइओ त्यसपछि विभिन्न ठाउँमा समान वितरणका नाममा र गभर्नरलाई भेट्ने नाममा लापरवाही ढंगले पुगेका थिए ।
यता सनराइज बैंकका सीइओले भने यो चैत्रभरि आफुले बैंकका आइटी हेड खतिवडालाई नभेटेको दावी गरेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘मैले उहाँलाई एक महिना भयो, भेटेको छैन, म सुरक्षित छु ।’ 
तर उनको यो भनाइलाई उनकै स्टाफहरुले गलत भनेका छन् । प्रसङ्ग ननिकाली अर्थ सरोकारले सनराइजका एक उच्च अधिकारीलाई सोध्दा उनले भने, ‘यस्तो अवस्थामा सीइओ सापले आइटी हेडलाई नभेट्ने भन्ने कुरा हुँदैन। ‘ २ पटक त मैसँग भेट भएको छ ।
त्यसपछि सनराइजका सीइओ मास्कसमेत नलगाई गभर्नरलाई भेट्न पुगेका थिए । उनले गभर्नरसँग हातसमेत मिलाएका थिए । यो बीचमा पौड्याल मास्क नै नलगाई धेरै अस्पतालहरु पुगेका थिए । कसैलाई केहि नहोस् हामी प्रार्थना गरौँ । नआत्तिऔं, सुरक्षित रहौं ।       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: