- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ सालको शुभकामना दिँदै कोरोना भाइरसको महामारी अन्त्य गर्ने प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताउनु भएको छ । भिडियोमार्फत दिनु भएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महामारी नसकिँदासम्म आफूले पारिश्रमिक नदिने बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले देशको कार्यकारी प्रमुखको हैसियतले कोरोना महामारी नसकिएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गर्नु भएको हो । आफ्नो पारिश्रमिक बापतको रकम कोभिड–१९ रोकथामका लागि बनाइएको प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा प्रधानमन्त्री ओलीले गर्नु भएको हो । यस्तो छ प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा दिनुभएको शुभकामना सन्देश–