×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक कार्यमा सिद्धार्थ बैंकको सहभागिता : १७ स्थानीय तहका विपन्न परिवारलाई आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

सामाजिक कार्यमा सिद्धार्थ बैंकको सहभागिता : १७ स्थानीय तहका विपन्न परिवारलाई आर्थिक सहयोग

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सिद्धार्थ बैंकले कोरोना भाइरसविरुद्ध लड्न लागि दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्नहरूलाई सहयोग गरेको छ । बैंकले विपन्न र दैनिक ज्यालादारी गरेर परिवार पाल्नेहरूलाई सहयोग गर्न स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको हो ।
सरकारले जारी गरेको लकडाउनका कारण खाद्यान्नमा समस्या भएकाहरूलाई राहत उपलब्ध गराउन बैंकले विभिन्न १७ वटा स्थानीय तहलाई शाखामार्फत ५ लाख १० हजा रुपैयाँ खर्च गरेको हो ।
बैंकले प्रति स्थानीय तहलाई ३० हजार रुपैयाँका दरले सहयोग गरेको जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानीय तहलाई विपद्को बेलामा आर्थिक सहयोग गरेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: