×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा स्मार्टका ग्राहकहरुलाई छुटैछुट : ३० मिनेट अननेट र ३०० एमबी डाटा निःशुल्क पाउने

PRIME CA
GLOBAL IME BANK

लकडाउनमा स्मार्टका ग्राहकहरुलाई छुटैछुट : ३० मिनेट अननेट र ३०० एमबी डाटा निःशुल्क पाउने

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लागू गरेको लकडाउनको समयमा समस्यामा परेका ग्राहकहरुका लागि स्मार्ट टेलिकमले विशेष राहत प्याकेज घोषणा गरेको छ ।
लकडाउनका कारण फोनमा ब्यालेन्स नभएका (रिचार्ज गर्न नपाएका) प्रयोगकर्ताका लागि राहत प्याकेज विशेष सहयोगी हुने आशा स्मार्टले गरेको छ । 
सामाजिक उत्तरदायित्वका (सी एस आर) रुपमा स्मार्टले आफ्नो फोनमा शून्य व्यालेन्स भएका प्रयोगकर्ताका लागि ३० मिनेट अन नेट र ३०० एमबी डाटा (फोरजी) निःशुल्क उपलब्ध गराइरहेको छ । यो अफरको समय ३० दिन निर्धारण गरिएको छ । 
यसैगरी, लकडाउनमा घरै बसेर काम गरिरहेका ग्राहकहरुका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि रु. २९९ रुपैयाँंमा(३८१.७९ करसहित) ३० दिनका लागि ४५ जिबी डाटा उपलब्ध गराएको छ । 
त्यस्तै ७६.७५ रुपैयाँमा (९८ रुपैयाँ करसहित) एक साताका लागि ३ जिबी डाटा उपलब्ध गराएको र साथै स्मार्टदेखि स्मार्टमा फोन गर्दा भने एक साताका लागि कुनै शुल्क नलाग्ने स्मार्टले जनाएको छ । 
स्मार्टले नेपालको ग्रामीण भेगमा सेवा प्रदान गर्दै आएको छ । सन् २०१३ मा स्मार्टले युनिफाइड लाइसेन्स प्राप्त गरेको थियो । स्मार्टले सन् २००८ देखि नै नेपालको ग्रामीण भागमा आफ्नो सेवा सुरु गरिसकेको थियो । स्मार्ट नेपालको तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक संस्था हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: