×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१९ एसपी एसएसपीमा बढुवा सिफारिस, हेर्नुहोस् को–को परे ?

PRIME CA

१९ एसपी एसएसपीमा बढुवा सिफारिस, हेर्नुहोस् को–को परे ?

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । सरकारले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मङ्गलबारको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिस हुने एसपीमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुँवेर कठायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण थापा र नवराज भट्ट रहेका छन् ।
यस्तै लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह, चन्द्रबहादुर कुवेरलाई पनि बढुवाका लागि सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षत्रीले जानकारी दिए । नेपाल प्रहरीमा उक्त बढुवाको लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षत्री सदस्य सचिव रहेको सिफारिस समिति छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: