×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जगदम्बा स्टिल्सका सञ्चालक सुलभ अग्रवाल पक्राउ, संकटका बेला गरे यस्तो ‘अपराध’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जगदम्बा स्टिल्सका सञ्चालक सुलभ अग्रवाल पक्राउ, संकटका बेला गरे यस्तो ‘अपराध’

Artha Sarokar

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शंकर ग्रुप तथा जगदम्बा स्टिल्सका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् । प्रहरीले कालोबजारी गरेको आरोपमा उनलाई आज दिउँसो नक्सालबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार अग्रवालमाथि ज्वरो नाप्न प्रयोग हुने थर्मल गनको कालोबजारी गरेको आरोप लागेको छ। पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको प्रहरीको आरोप छ।अग्रवालको साथबाट ६६ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको छ भएन ५ हजार रुपैयाँ मूल्यको हाराहारीमा पाउने उक्त गन उनले १५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो । उनी उक्त सामान कुटनीति नियोगको २०९ एचसिसी १ नम्बरको गाडिमा थर्मल गन बिक्री गर्न हिँडेको अवस्थामा पक्राउ परेका हुन ।
उनलाई कालोबजारी ऐनअन्तर्गत कारबाही चलाउने गरी अनुसन्धान अगाडि बढाइएको महानगरीय अपराध महाशाखा टेकुका प्रवक्ता एसपी मुकेशकुमार सिंहले जानकारी दिए । कीर्गिस्तानका अवैतानिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले लकडाउनको समयमा कालोबजारीका लागि कूटनीतिक सवारी प्रयोग गरेकोसमेत प्रहरीले जनाएको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी