- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्सले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ३० लाख १ हजार सहयोग गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम , प्रमुख कार्यकारी अधिकृत राम कुमार अर्यालबाट कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका प्रमुख राजेन्द्र पौडेललाई उक्त रकम बरावरको चेक प्रदान गरेका छन् ।