
काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा तत्काल रु १५ लाख सहयोग गर्ने भएको छ । महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सबै देशहरुलाई आक्रान्त बनाइरहेको अवस्थामा आफूहरुले पनि सहयोग उपलब्ध गराउन लागेको जानकारी दिनुभयो ।
मानवीय सङ्कट आउन नदिन र दैनिक मजदूरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले खाद्य सामग्री अभाव हुन नदिन महासङ्घले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी आवश्यक सहयोग उपलब्ध गराएको महासङ्घले जानकारी दिएको छ । महासङ्घले विपत्को घडिमा अहोरात्र खटेर साथ दिनुहुने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विशेष धन्यवाद दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्