×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको सामाजिक कार्य : धौलागिरी र पर्वत अस्पताललाई पीपीई हस्तान्तरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सनराइज बैंकको सामाजिक कार्य : धौलागिरी र पर्वत अस्पताललाई पीपीई हस्तान्तरण

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पर्वत

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – हाल संसारभर कोरोना भाइरस महामारी फौलिएर त्यसको जोखिम बढेको हुँदा देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई हस्तान्तरण गर्दै आएको छ । यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई २५ थान हस्तान्तरण गरेको छ । 
उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र वि.क. र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५५० वटा भन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उपलब्ध गराई सकेको दाबी गरेको छ र अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउँदै जाने जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी