×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका बेला ग्राहकलाई सनराइज बैंकको छुट : फूडमाण्डुबाट सामान खरिद गर्दा ५०० रुपैयाँसम्म पैसा फिर्ता पाइने

PRIME CA
GLOBAL IME BANK

लकडाउनका बेला ग्राहकलाई सनराइज बैंकको छुट : फूडमाण्डुबाट सामान खरिद गर्दा ५०० रुपैयाँसम्म पैसा फिर्ता पाइने

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुटदिने व्यवस्था गरेको छ । ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमन्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट/ क्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ । यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यका भित्र मात्र मान्य हुने बैंकले जनाएको छ ।
वर्तमान परिस्थितितथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसेर डिजिटल बैंकिङ्ग सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिट्यान्स सेवाहरु सुचारु राख्दै आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: