- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । लकडाउनको समयमा नेपमेडस प्रालि र काठमाडौं अरगेन्किसबाट सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड तथा क्यु.आर कोड प्रयोगगरी सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पाउने भएको हो ।
नेपमेडसले उपत्यकाका ग्राहकहरुलाई घरमै औषधी पुर्याउँदै आएको छ । त्यस्तै, काठमाडौं अरगेन्किसले विभिन्न अर्गानिक खाद्ययान्न अनलाइनमार्फत उपलव्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैकले जनाएको छ ।
बैंकले लकडाउनमा खाद्ययान्न तथा औषधी जस्ता अति आवश्यक सामान खरिद गर्न ग्राहकलाई अप्ठेरो भइरहेको अवस्थामा यस्ता सम्झौताहरु गरिएको बैंकले जनाएको छ । बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटिम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्