- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पाल्पा सिमेन्टद्वारा पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ ।
सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगवाईमा र सिसाहानी मा अवस्थित पाल्पा तान्सेन सिमेन्टको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा बिषादी छरिएको छ । खानी स्थलप्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पा सिमेन्ट चार लाख एक हजारको चेक माथागढी गाउपालिकाका कार्यकारी प्रमुखलाई हस्तान्तरण गरेका हुन् ।
साथै, सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि पाल्पा सिमेन्ट प्रा.लि.ले दुई लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा , वडा नम्बर ३ र ५ का अध्यक्ष कर्ण बहादुर सेन र थमन सिंह नेपालीलाई उक्त समुहका पिआर मेनेजर जीवन प्रकाश निरौलालगायतका पदाधिकारीहरुले मिति गत चैत २७ गते हस्तान्तरण गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्