
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको छ । बुधबार केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको हो ।
गत आर्थिक वर्षमा ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको थियो । यो कोरोना भाइरसले माहामारीको रुप लिएपछि अर्थतन्त्रमा ठूलो धक्का पुगेको विभागको तथ्यांकले देखाएको छ । बन्दाबन्दीका कारण सबैभन्दा धेरै होटल तथा रेस्टुँरा, यातायातजस्ता क्षेत्रमा गहिरो असर परेको छ। सरकारले चालु आवको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको भएपनि कोरोनाले २.२७ प्रतिशतमा सिमित रहने देखिएको हो ।
आर्थिक वृद्धिदर कम हुने भएपछि यो वर्ष नेपालीको प्रतिव्यक्ति औसत आयको विस्तार पनि थोरै मात्र हुनेछ । यो वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ८५ डलर पुगेको छ, जुन गत आर्थिक वर्षमा १ हजार ३४ डलर थियो। नेपाली रुपैंयाँमा प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ पुगेको छ । जुन गतवर्ष १ लाख १७ हजार २६८ थियो । विभागका अनुसार, चालु मूल्यअनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब पुगेको छ, जुन गत वर्ष ३६ अर्ब ६४ करोड थियो।
केन्द्रिय तथ्यांक विभागका अनुसार अर्थतन्त्रका मूख्य तीन क्षेत्रमध्ये प्राथमिक क्षेत्रका वृद्धिदर २.५४ प्रतिशतमा खुम्चिने भएको छ भने दित्तीय क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर मात्र १.९९ प्रतिशत रहने छ ।
भूकम्पपछिका तीन आर्थिक वर्षमा नेपालले लगातार उच्च आर्थिक वृद्धिदर हासिल गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा ७/७४ प्रतिशत, २०७४/७५ मा ६/३ प्रतिशत र २०७५/७६ मा ६/७५ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्