Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ३ करोेड ५१ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि तुलनामा ९१ लाख रुपैयाँले धेरै हो । गत वर्ष सोहि अवधिमा कम्पनीले खुद नाफा २ करोड ६० लाख रुपैयाँ कमाएको थियो ।
यस्तै, कम्पनीले १८ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ९९% बढी हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९ करोड २९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
३० करोड बराबरको आईपीओ निष्काशन गर्ने तयारीमा रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी ७० करोड रहेको छ। आईपीओ निष्काशनपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब पुग्नेछ। इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ, बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५७ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK