×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको नाफा २७.४९% ले घट्यो, कारण कोरोना होइन `कमजोरी´ ! (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमाण्डूको नाफा २७.४९% ले घट्यो, कारण कोरोना होइन `कमजोरी´ ! (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ८७ करोड ३४ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २७.४९%ले कम हो । गत वर्ष सोहि अवधिमा बैंकले १ अर्ब २० करोड रुपैयाँ कमाएको थियो ।

यो नाफा घट्नुको आंशिक कारण चैत्रमा उठ्नुपर्ने ब्याज नउठ्नु मात्र नभई बैंकको आन्तरिक कमजोरी रहेको बुझिएको छ । यता, बैंकको खुद ब्याज आम्दानी भने ५.५२%ले वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८७ करोड रहेको छ । बैंकको निक्षेप ८.५२%ले बढेर ८९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ११.७०%ले बढेर ७८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५४ करोड रहेको छ भने जगेडा कोषमा ५ अर्ब १२ करोड रहेको छ । बैंकको संचित मुनाफा भने ८ करोड ५९ लाख ऋणात्मक रहेको छ । बैंकको मुल्य आम्दानी अनुपात १६ गुणा, बेस रेट ९.३३ प्रतिशत, कोषको लागत ७.२८%, सिसिडि ७५.५४ र पुँजी पर्याप्तता अनुपात १३.८२ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १५९ रुपैयाँ ६२ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: