- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा १ करोड २६ लाख आर्जन गर्न सफल भएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९.२% ले धेरै हो । गत वर्ष यही अवधिमा संस्थाले १ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस्तै,संस्थाले खुद ब्याज आम्दानी ५ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४ करोड ५२ लाख रुपैयाँ रहेको थियो। यता, सञ्चालन नाफा भए घटेको छ । गत वर्ष सञ्चालन नाफा १ करोड ८२ लाख रुपैयाँ रहेकोमा यस वर्ष घटेर ९३ लाख १८ हजार रुपैयाँमा खुम्चिएको छ ।
यो तेस्रो त्रैमाससम्ममा संस्थाले ३८ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्तापुँजीमा ११ करोड ४१ लाख रुपैयाँ रहेको छ। जगेडा कोषको आकार १३३.२५% ले बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष जगेडा कोषमा १ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
संस्थाको निष्क्रिय कर्जा दर १.३७% ले बढेको छ। गत वर्ष यही अवधिमा १.२९ प्रतिशत रहेको निष्क्रिय कर्जाको दर बढेर २.६६% पुगेको छ। संस्थाको प्रतिसेयर आम्दानी १४.८२ रुपैयाँ रहेको छ। पीई रेसियो भने ७०.३० गुणा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्