Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप अब नयाँ सुविधाका साथ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एभरेष्ट बैंकले ‘इबिएल टच् २४’ मा नयाँ अद्यावधिक सुविधा थप गरेको छ । जसवापत ‘इबिएल टच् २४’ सुरक्षित द्रुत र भरपर्दाे बनेको बैंकले जनाएको छ ।
यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग एक्टिभ गरी आफ्नो मोबाईल नम्बर प्रयोग गरेर सहजै लगइन गर्न सक्नेछन् र ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टि।भी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइजहाज, बस तथासिनेमा टिकटको खरिद गर्न तथा साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्यूआर पेमेन्टबाट भुक्तानी गर्न सकिन्छ ।
हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या ११ लाखभन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले सिएएमइएल् रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको बैंकको जानकारी दिएको छ ।
हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १ सय ३ वटा एटिएम रहेका छन् । विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK