×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्सको खुद नाफा ३२.९० प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

PRIME CA

जनरल इन्स्योरेन्सको खुद नाफा ३२.९० प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ३ करोड ७ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३२.९०% धेरै हो । गत वर्ष कम्पनीले २ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । 
कम्पनीले बिमा कोषको आकार ८६.८१% ले बढाएर ४ करोड ११ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष जीवन बिमा कोषमा २ करोड २० लाख रुपैयाँ रहेको थियो ।
खुद बिमा शुल्क पनि ९ करोड ७४ लाख रुपैयाँबाट बढाएर १९ करोड ५० लाख पुर्याएको छ । चैत सम्ममा यसले ८ करोड ९३ रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले महाविपत्ति जगेडा कोषमा ४२ लाख रुपैयाँ राखेको छ ।
हाल यसको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । रिजर्भ फन्डमा भने ३ करोड ७६ लाख रुपैयाँ छ । जनरल इन्सुरेन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ८६ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: