×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३.८५ प्रतिशतले खुद नाफा बढाएको ग्रीन डेभलपमेन्ट बैंकको जगेडा कोषमा कति ?

PRIME CA

१३.८५ प्रतिशतले खुद नाफा बढाएको ग्रीन डेभलपमेन्ट बैंकको जगेडा कोषमा कति ?

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १३.८५% ले बढोत्तरी गरी १ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, बैंकले खुद ब्याज आम्दानी २४.८७%ले बढेर ६ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।  गत वर्ष ५ करोड ६ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।  यता, गत वर्ष २ करोड रुपैयाँ सञ्चालन नाफा रहेको बैंकले यस वर्ष १३.८५% ले बढाएर २ करोड ३२ लाख पुर्याएको छ ।
बैंकको तेश्रो त्रैमाससम्म १ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्बं ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल ग्रीनको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ७२ लाख रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङमा ५ करोड १४ लाख रुपैयाँ राखेको छ । 
यता, ग्रीनले खराब कर्जा पनि घटाउन सफल भएको छ । गत वर्ष ३.८६% रहेको यसको खराब कर्जा यो त्रैमासमा घटेर २.३२% मा सीमित भएको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३३ पैसा (वार्षिक) रहेको ग्रीनको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ४८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: