Skip to content
LAXMI SUNRISE BANK

सिटी एक्सप्रेस र यूकेको GuavaPay बीच रेमिटान्स कारोबार सुरु, यस्ता छन् सुविधाहरु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यूकेको ख्यातिप्राप्त रेमिटान्स कम्पनी GuavaPay लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । यूकेमात्र नभई टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट् पिटर्सबर्गस्थित उपभोक्ताले न्गबखबएबथ को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५०० भन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेछ । 
उक्त सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र GuavaPay लिमिटेडका तर्फबाट निर्देशक तथा सेयरधनी Orkhan Nasibov ले हस्ताक्षर गरेका छन् । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अस्ट्रेलियालगायत थुप्रै देशहरुमार्फत विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। 
आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ७ हजार ५०० भन्दा बढी भुक्तानी काउन्टरबाट छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुिवधा प्रदान गर्दै आइरहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK