
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ सरकारलाई दुई लाख रुपैया सहयोग गरेको छ । फाइनान्सले कोरोना भाईरस महामारि रोकथाम तथा उपचारका लागी प्रदेश सरकारले खडा गरेको राहत कोषका लागी सहयोग गरेको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ज्यू लाई फार्ईनान्सका संचालक डेकिन्द्र राई तथा गोर्खा समुहका अध्यक्ष पुरन्जन राई गोर्खा समुह सदस्य यादप राई, खोटाङ्ग जिल्ला संघिय सांसद बिसाल भट्टराईको उपस्थिीतीमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृतले लाल बहादुर थिङ्ग ले उक्त रकमको चेक हस्तान्तरण गरे ।
मुख्यमन्त्री शेरधन राई ज्यूले कोरोना महामारिको बिषम परिस्थीतीमा फाइनान्सले प्रदेश १ सरकारलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । फाइनान्सका संचालक डेकिन्द्र राईले यस्तो संकटमा प्रदेशले सञ्चालन गरिरहेको अभियानलाई वित्तिय संस्थाले सक्ने सहयोग गर्ने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्