×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इपानको सामाजिक कार्य : कोरोनासंग लड्न ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

इपानको सामाजिक कार्य : कोरोनासंग लड्न ११ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग !

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निजी जलविद्युत आयोजना प्रवर्द्धकहरुको संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले कोरोना भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थपना गरेको राहत कोषमा १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
इपान अध्यक्ष शेलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन् । चेक बुझेपछि मन्त्री पुनले आफैं समस्यामा रहेका बेला समेत दायित्वबोध गरेर कोरोनाविरुद्धको सरकारी अभियानमा ऐक्यबद्धता जनाएकामा इप्पानलाई धन्यवाद दिए ।

इप्पानले आफू सम्वद्ध ६६ जना व्यवसायीबाट व्यक्तिगत रुपमा रकम संकलन गरी रकम जम्मा गरेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी