×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वित्तीय संस्था कर्मचारी संघ युवा समितिले गर्यो ८२ परिवारलाई खाद्यान्न सामग्री सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वित्तीय संस्था कर्मचारी संघ युवा समितिले गर्यो ८२ परिवारलाई खाद्यान्न सामग्री सहयोग

Artha Sarokar

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) युवा समितिले ८२ घर परिवारहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । समितिले लकडाउनको समयमा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने ८२ घर परिवारहरुलाई खाद्यान्न वितरण गरेको हो । 
लकडाउनले मारमा रहेका अनौपचारिक क्षेत्रका गलैँचा र निर्माण सम्बद्ध श्रमिकहरुका ४० घर परिवारलाई भक्तपुरमा सहयोग प्रदान गरेको समितिले जनएको छ । त्यस्तै रिक्सा ठेला, निर्माण सम्बद्ध र छापाखानाका श्रमिकहरुका ४२ घर परिवारलाई काठमाण्डौमा खाद्यान्न सामाग्री वितरण गरेको जनाइएको छ । 
कार्यक्रममा बोल्दै फियन राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनालले लकडाउनका कारण समस्यामा रहेका श्रमिहरुको दुःखमा साथ दिनको लागि सहयोग कार्यक्रम गरिएको जानकारी दिए । त्यस्तै फियन युवा समितिका अध्यक्ष जेम्स जोशीले श्रमिकहरुलाई खाद्य सामाग्री वितरण गर्नको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी