×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदी महासंघको सामाजिक कार्य : ईलाम जिल्लालाई २० थान पीपीई र ५ हजार थान माक्स सहयोग

PRIME CA
GLOBAL IME BANK

सुनचाँदी महासंघको सामाजिक कार्य : ईलाम जिल्लालाई २० थान पीपीई र ५ हजार थान माक्स सहयोग

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ईलाम जिल्लामा २० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र ५ हजार थान माक्स सहयोग गरेको छ । ईलामको सीडीओ तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक रोशन श्रेष्ठलाई महासंघको १ नं प्रदेश कमिटीको संयोजक विशन शाक्य, कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
उक्त पीपीई र माक्स ईलामका सरकारी अस्पताल र स्वास्थ चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने सीडीओ तुलसी राम सेडाईले जनाएका छन् । महासंघको १ नं प्रदेश कमिटीका संयोजक बिशन शाक्यले महासंघले सामाजिक दायित्व अन्तर्गत यस अगाडि पनि धरान वि।पि कोईराला स्वास्थ प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला विराटनगरको कोशी अस्पतालको लागि माक्स र पीपीई प्रदान गरिएको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: