Skip to content
LAXMI SUNRISE BANK

अन्तर्राष्‍ट्रिय मुद्रा कोषद्वारा नेपाललाई २६ अर्ब रुपैयाँ आर्थिक सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – अन्तर्राष्‍ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई करिब २६ अर्ब रूपैयाँ (२१ करोड ४० लाख अमेरिकी डलर) दिने भएको छ।
२४ वैशाखमा बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले नेपाललाई कोभिड-१९ महामारीले प्रभाव पारेको क्षेत्रमा खर्च गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
उक्त रकमले नेपालको भुक्तानी सन्तुलनमा सहयोग गर्ने अपेक्षा अन्तर्राष्‍ट्रिय मुद्रा कोषको छ । नेपाल सरकारले स्वास्थ्य खर्च बढाउन, वित्तीय प्रणालीमा पर्याप्त तरलता सुनिश्चित गर्न, ऋणको पहुँचमा सहज बनाउनका लागि अन्तर्राष्‍ट्रिय सहयोगी निकायहरूसँग आर्थिक सहायता माग गरिरहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK