×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमएस ग्रुपद्वारा आफ्ना कर्मचारीहरूलाई स्वास्थ्य बीमा सुविधा प्रदान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइएमएस ग्रुपद्वारा आफ्ना कर्मचारीहरूलाई स्वास्थ्य बीमा सुविधा प्रदान

Artha Sarokar

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता
काठमाण्डौ । आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई कोरोनाबिरूद्ध आज बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको गरेको जनाएको छ ।
विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बीमा गराइएको र यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कार्मचारीलाई आर्थिक सहयोग पुर्याउने कम्पनीले बताएको छ । 
“आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो । त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पुर्याउने कोरोनाभाइरस बिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौं ।” कम्पनीका सीइओ दिकेश मल्होत्राले भने ।
आइएमएस ग्रुपअन्तर्गत २० भन्दा बढी कम्पनीहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी