×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तको खुद नाफा ६६.७५ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

PRIME CA

इन्फिनिटी लघुवित्तको खुद नाफा ६६.७५ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा ३ करोड ६५ लाख रुपैयाँ कमाएको छ । यो नाफा गत वर्ष सोहि अवधिको तुलनामा ६६.७५% धेरै हो । गत वर्ष यसले २ करोड १९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ७४.३७% र ६८.४४% ले बढेको छ । गत वर्ष ५ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले अहिले बढाएर १० करोड ३५ लाख पुर्याएको छ । यता, सञ्चालन नाफा पनि ३ करोड ४४ लाख रुपैयाँबाट बढोत्तरी भएर ५ करोड ८० लाख पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको कारणले पनि खुद नाफा बढेको देखिन्छ । 
यो तेश्रो त्रैमाससम्म संस्थाले ६४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ८२ लाख रुपैयाँ रहेको छ । 
इन्फिनिटीको खराब कर्जा भने बढेको छ । गत वर्ष १.०१% रहेको खराब कर्जा यो त्रैमाससम्म आइपुग्दा २.६९% पुगेको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: