×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान बहुउद्देश्यीय सहकारीले ल्यायो ‘मिस्डकल बैंकिङ’ सेवा

PRIME CA
GLOBAL IME BANK

किसान बहुउद्देश्यीय सहकारीले ल्यायो ‘मिस्डकल बैंकिङ’ सेवा

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । किसान बहुउद्देश्यीय सहकारी संस्थाले मिस्डकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । सदस्यहरुलाई प्रविधीमैत्री सुविधा प्रदान गर्ने अभिप्रायले सञ्चालनमा ल्याईएको उक्त “मिस्डकल बैंकिङ” सेवा बिहिबारबाट सुचारु गरेको संस्थाले जनाएको छ ।
संस्थाका अनुसार मिस्डकल बैंकिङ सेवा विशेष गरी मोबाईल बैंकिङ प्रयोग गर्न असमर्थ लघुवित्ततर्फ आवद्ध सदस्यहरुले प्रयोग गर्न सक्नेछन् । यस सेवाको लागि संस्थाले नेपाल टेलिकमको दुई वटा मोबाईल सिमकार्ड प्रयोगमा ल्याएको छ । प्रयोग हुने सिमकार्डको नं हरु ९८६४७५९०६५ र ९८६४७५९०६४ रहको संस्थाले जनाएको हो । जस अन्तर्गत ९८६४७५९०६५ को सिमकार्डमा मिस्डकल गर्दा सदस्यहरुले आफ्नो खाताहरुको बारेमा जानकारी लिन सक्नेछन भने ९८६४७५९०६४ को सिमकार्डमा मिस्डकल गर्दा सदस्यले दर्ता गरेको मोबाईलमा ५० रुपैयाँको रिचार्ज गर्न सक्ने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: