×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको टुंगो नलाग्दै कुमारी बैंकले बोलायो विशेष साधारणसभा, `घरज्वाइँलाई खानकै धन्दा´

PRIME CA

लकडाउनको टुंगो नलाग्दै कुमारी बैंकले बोलायो विशेष साधारणसभा, `घरज्वाइँलाई खानकै धन्दा´

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लकडाउनको टुङ्गो नलाग्दै कुमारी बैंकले विशेष साधारणसभा बोलाएको छ । बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको हो । उक्त प्रस्ताव पारित गर्न दुवै बैंकले जेठ १९ गते साधारण सभा बोलाएको छ । 
कुमारी बैंकको विशेष साधारणसभा नक्सालमा हुने भएको छ । बैंकले सभा प्रयोजनका लागि जेठ ७ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । सभामा देव: विकासलाई गाभ्ने सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने छ । प्राप्ति पश्चात देव : विकास बैंकको १ कित्ता शेयर हुनेले कुमारी बैंकको ०.८६ कित्ता शेयर पाउने छन् । अर्थात् १:०.८६ को स्वाप अनुपातमा कुमारीले देव: विकासलाई गाभ्न लागेको हो ।
त्यस्तै देव: विकास बैंकले जेठ १९ गते साधारणसभा बोलाएको छ । सभामा कुमारी बैंकमा विलय हुने प्रस्तावसंगै गत आर्थिक वर्षको लाभांश पारित हुने छ । कम्पनीले ८. ५५% बोनस शेयर प्रस्ताव गरेको छ । देव : विकासले वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: