- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस(कोभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न विभिन्न ३ वटा स्थानीय निकायलाई १० हजार रुपैयाँका दरले उक्त रकम सहयोग गरेको हो ।
घरेलु लघुवित्तको शाखा कार्यालयहरु सुकदेवचौक, रौतहट, लौकाहा, रौतहट र विष्णुपुर, सिराहाका शाखा प्रबन्धकहरु क्रमशः राजेश राय यादवले यमुनामाई गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियालाई, रुपेश कुमार झाले परोहा नगरपालिकाको मेयर शेष वकिललाई र अनिल कुमार यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको उपस्थितिमा लेखापाल महेन्द्र यादवलाई सम्बन्धित प्रत्येक गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस(कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त सहयोगको चेक हस्तान्तरण गरेका छन् ।
यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने समस्यामा परेका मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । साथै, संस्थाको शाखा कार्यालय महांकाल काठमाण्डौंका शाखा प्रबन्धक सविता अधिकारीले ४३ विपन्न सदस्यका घरपरिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्