- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लक्ष्मी बैंकको आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ६ करोड ३ लाख रुपैयाँले बढेर १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । बैंकको खुद नाफा बढे पनि वितरण योग्य नाफा भने ऋणात्मक रहेको छ । बैंकको वितरण योग्य मुनाफा सो अवधिसम्ममा ४१ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६१ करोड रुपैयाँ गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४१ करोड ४२ लाख रुपैयाँ बढी हो । यता, बैंकको सञ्चालन नाफा ४ करोड ७४ लाख रुपैयाँ बढेर १ अर्ब ५६ करोड पुगेको छ।
सो अवधिसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा ०.५८ प्रतिशत बढेर १.७८ प्रतिशत पुगेको छ।
बैंकको खुद नाफामा सामान्य सुधार भएपनि प्रतिसेयर आम्दानी भने घटेको छ। बैंकको प्रति सेयर आम्दानी ५८ पैसाले घटेर १४ रुपैयाँ ८१ पैसामा सीमित रहेको छ । गत वर्ष बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५० गुणा रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्