×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जीवन बीमा क्षेत्रमा कोरोनाको ‘महाप्रभाव’: १ महिनामै साढे ४ अर्बले प्रिमियम घट्यो, नवीकरण शुल्कमा पनि पहिरो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोनाको त्रास छ । नेपालमा पनि कोरोनाको संक्रमण रोक्न लकडाउन गरिएको छ । र यहि लकडाउनको प्रभाव जीवनबीमा कम्पनीहरुमा पर्दा जीवनबीमा कम्पनीहरुको प्रिमियम ७३.६३ प्रतिशतले घटेको छ । बीमा कम्पनीहरुको नियामक संस्था बीमा समितिको तथ्यांक अनुसार फागुन महिनामा जीवन बीमा कम्पनीहरुले ७ अर्ब २ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । कोरोनाबाट बच्न सरकारले चैत्र ११ गतेदेखि देश लकडाउन गरेसंगै जीवन बीमा क्षेत्रमा प्रिमियम संकलनमा भीषण पहिरो गएको छ । 
जीवन बीमा कम्पनीहरुले चैत महिनामा २ अर्ब ५९ करोड रुपैयाँ मात्र प्रिमियम संकलन गरेका छन् । कम्पनीले फागुन महिनामा मात्रै २ अर्ब ७३ करोड रुपैयाँ प्रथम बीमा आर्जन गरेका थिए । जसमा एक महिनामा ७३.६३ प्रतिशत अर्थात २ अर्ब १ करोड रुपैयाँले घटेर ७२ करोड रुपैयाँमा सीमित भएको छ ।
नविकरण शुल्क पनि घट्यो, वैदेशिक बीमा शुल्क संकलन भएन
लकडाउनका कारण नविकरण बीमा शुल्क पनि ५५.५८ प्रतिशतले घटेको छ । फागुन महिनामा सबै जीवन बीमा कम्पनीहरुले ४ अर्ब २१ करोड रुपैयाँ नविकरण शुल्क संकलन गरेका थिए । तर चैत महिनामा यो रकम २ अर्ब ३४ करोड रुपैयाँले घटेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यता चैत्र महिनामा वैदेशिक बीमा शुल्क संकलन नभएको बीमा समितिले जनाएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: