Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी विकास बैंकको नाफा बढ्यो, तर पूँजी बढे अनुसार नाफा बढ्न नसक्दा इपीएस घट्यो ! (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लुम्बिनी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ६ करोड २१ लाख रुपैयाँ बढाएर ४३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोहि अवधिसम्ममा बैंकले ३७ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । प्रकाशित विवरण अनुसार बैंकको वितरण योग्य मुनाफा १० करोड ३२ लाख रुपैयाँ रहेको छ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी ११ करोड ३५ लाख रुपैयाँ बढेर ९० करोड १४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११ करोड २५ लाख रुपैयाँ बढेर ६२ करोड ५६ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेकोले खुद नाफा पनि बढेको हो । 
बैंकको खुद नाफा बढेपनि प्रतिशेयर आम्दानी भने केही घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तमा २२ रुपैयाँ ६३ पैसा रहेको बैंकको प्रति सेयर आम्दानी चालु आवको सोही अवधिमा १ रुपैयाँ १५ पैसा घटेर २१ रुपैयाँ ४८ पैसा रहेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी घट्न पुगेको हो।
२ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। प्रकाशित विवरण अनुसार चैत मसान्तसम्ममा बैंकले २४ करोड ४१ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यता बैंकको निष्क्रिय कर्जा १.६०% र बेस रेट ११.०२मा झरेको छ । गत वर्ष यहि अवधिमा बैंकको निष्क्रिय कर्जा २.१३% र बेस रेट ११.१३% रहेको थियो। बैंकको स्प्रेड ४.६४ प्रतिशतबाट बढेर ५.१५ प्रतिशत पुगेको विवरणमा उल्लेख छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK