×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकका सबै कर्मचारीको कोरोना बीमा एभरेष्ट इन्योरेन्समा !

PRIME CA
GLOBAL IME BANK

लुम्बिनी विकास बैंकका सबै कर्मचारीको कोरोना बीमा एभरेष्ट इन्योरेन्समा !

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना भाइरस (कोभिड १९) महामारी विरुद्धको बीमा गरेको छ । बैंकमा कार्यरत हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै प्रति कर्मचारी एक लाखको कोरोना बीमा सम्बन्धी एभरेष्ट इन्योरेन्स कम्पनीका बीचमा बैंकले सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकमा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस परीक्षण गर्दा पिसिआर टेस्ट पोजेटिभ पाइएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपुर्ति वापत उपलब्ध गराउने छ । यो पोलिसी मिति २०७७ जेष्ठ ९ गतेदेखि लागू भई १ वर्षसम्म मान्य हुने छ ।
कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा अहोरात्र खटिरहनु भएका कर्मचारीको मनोवल केहि हदसम्म भएपनि बढ्ने बैंकले बिश्वास लिएको छ । यस बिषम परिस्थितिमा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्नुहुन आदरणीय ग्राहकलाई बैंकले आग्रह गरेको छ । बैंक हालसम्म देशभरका सातवटै प्रदेशमा ६८ वटा शाखा र १६ वटा एटीएम मार्फत करिव साढे दुई लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: