
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अनलाइन बैकिङ सेवालाई अपग्रेड गरेको छ। बैंकले नो लाइन बैकिङ नाराका साथ अनलाइन बैकिङ अपग्रेड गरेको हो । बैंकका व्यवसायिक तथा व्यक्तिगत दुवै ग्राहकले घर वा कार्यालयमा बसेर अधिकतम बैंकिङ सेवा सरलरूपमा पाउने छन् साथै अन्तर बैंक रकमान्तर, कनेक्ट आइपिएस र स्टेटमेन्ट हेर्न पाउने छन्।
यो सेवामार्फत व्यवसायिक तथा कर्पोरेट हाउसले तलबको व्यवस्थापन गर्न पनि पाउनेछन्। साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खातामा रकमान्तर, क्रेडिट कार्डको बिल पेमेन्ट, वालेटका माध्यमबाट पैसा लोड र मोबाइल टपअप गर्न मिल्नेछ। बारम्बार तिर्नुपर्ने रकमलाई सेड्युल गरेर तिर्न सकिने बैंकले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्