×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मितेरी डेभलपमेन्ट बैंककाे खुद नाफा १५.४३%ले वृद्धि, प्रति सेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मितेरी डेभलपमेन्ट बैंककाे खुद नाफा १५.४३%ले वृद्धि, प्रति सेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १२ करोड ८ लाख १२ हजार रुपैयाँ कमाएको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १५.४३%ले धेरै हो । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १० करोड ४६ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 
यस्तै, खुद व्याज आम्दानी ३.२७% ले वृद्धि गरी २० करोड ३८ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । ञ्चालन नाफा १५.४३ प्रतिशतले बढाएर १७ करोड २५ लाख ८९ हजार रुपैयाँ पुर्याएकाे छ । त्यस्तै, बैंककाे प्रतिसेयर आम्दानी २३ रुपैयाँ २३ पैसा रहेकाे छ । बैंककाे प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९६ पैसा रहेकाे छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: