
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौँमा ‘मिनी कर्फ्यु लागेको छ । अपरिचित व्यक्ति देख्ने बित्तिकै स्थानीयले नै ती व्यक्तिका बारे सोधपुछ गर्ने र ठुला कुरा गरे लखेट्नेसमेत गरेको पाइएको छ । शनिबार विहान भक्तपुरमा यस्तै अपरिचित व्यक्ति एक गल्लीबाट लखेटिएका छन् ।
कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि सरकारले पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक लगाएका बेला स्थानीय पनि कोरोना संक्रमणबाट बच्न जुर्मुरिएका हुन् । जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले शुक्रबार नै अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो ।
ठाउँ-ठाउँमा गल्ली प्रवेश गर्न निषेध लेखिएका ब्यानरहरु पनि राखिएका छन् । प्रेसका गाडी, एम्बुलेन्स, लगायतका अत्यावश्यक सेवाका गाडीहरुलाई पनि रोकेर स्थानीयले सोधपुछ गरिरहेका छन् ।
यसअघि पैदल हिड्नेका लागि खासै कडाइ नगरिएकोमा अब सकडमा बिना पास निस्कने पैदल यात्रुलाई पनि कारबाही गरिने भएको छ । गृह मन्त्रालयले लकडाउन कडा बनाउन दिएको निर्देशनपछि शुक्रबार बसेको समितिको बैठकले मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै थप कडाई गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्